गजलहरु

गिलास दिएउ, भरि पानी ल्याए त गल्ती के गरेँ

धड्कन मागेऊ,मुटु नै तिम्रेा नाम गरे त गल्ती के गरेँ


लिएऊ मायाकेा परीछ्या, लिएर आखिर के गरेऊ

झुन्ड्याई तुन्द्रुङ्ग मायाकेा सुर्केा तान, ताने त गल्ती के गरेँ


फसेँ या फसीँ प्रश्न आफैलाई सेाद्धइ छु ?

पागल पागल भन्थेऊ, भने झैँ पुग्येा त गल्ती के गरेँ


अब नतिजा के आउला तपाइलाई नै सेाद्धइ छु ?

आउछ सायद, पक्कई आउला उत्तर, भर परे त गल्ती के गरेँ

कहिल्यै नमर्ने रहर जिन्दगीको

मेटेरै नमेटिने प्रहर जिन्दगीको


ठूला ठूला सोचियो सक्या होइन केही गर्न

सपनीमै घुमियो सहर जिन्दगीको


अनिश्चित थे सपना पूरा हुन्छ भन्ठान्थे

विचैमा टुट्दियो लहर जिन्दगीको


वेहाल भो जिन्दगी उस्तै पर्यो परिस्थिति यहाँ

बन्नुपर्छ तिमी उपहार जिन्दगीको

मन उच्च छ जस्तै निरङ्कुश सरकार फालेको

चस्काइरहने जिवनको क्यान्सर फालेको


विरामी त्यो जिवन फुर्तिलो भाछ आज

लाग्दैछ भुतप्रेत मन्सार फालेको


तिम्रो चहकै तेस्तै थ्यो होला सायद

भगवानलेनि तिमीलाई पन्सार फालेको


अनुशासित थियो मन सायद त्यस्तै रुचाउथेकी

जे हेाला भनी आज संस्कार फालेको

आफ्नो ठाँऊबाट अलिकति बढेर हेर

पढेर भन्दा अलि बढी परेर हेर


छ माया छातीमा कति छ देशलाई

बोलेर होइन नेता जी कर्ममा डटेर हेर


सक्छैा तिमीले घर उज्यालो बनाउन

बालेर होइन अलि बढी बलेर हेर


तिम्रै नराम्रा कामका विवरणले वाक्क छन् नेपाली

अब राम्रा कामका खुशी महशुस गरेर हेर


आउदा दिनहरुमा नि देशको हित गरेनैा भने

अनि तीन करोड नेपाली बाट बचेर हेर

आऊ यता मायाको सरकार बनाउदै छु म

गृहमन्त्री बस्ने अब दरबार बनाउदै छु म


नराम्रा सुन्ने छैनौ तिम्रालागी मेरो मुखबाट

मायाकै बयान गर्ने अखबार बनाउदै छु म


हुन्न अब तलमाथी आइदेउ फर्केर

असमझदारी काट्ने तरबार बनाउदै छु म


घम्ने छैन मेरो मन बाचा गर्दैछु आज

त्यसैले त मनलाई अब जमदार बनाउदै छु म


भएहोला गल्तीहरु नरिसाइदेऊ न तेस्तरी

तिम्रालागी आज मन बराबर बनाउदै छु म

हेर न आकाशको बादल मन पर्यो

ती कान्छीको आँखाको गाजल मन पर्यो


देख्नसाथ मलाई आँखा सन्काइ दिनाले

मन भित्र मच्चेको बबाल मन पर्यो


मुसुक्क हाँसी झिमिक्क आँखा झिम्काइदिदा

लाज लाएर मुख छोपेको रखपाल मन पर्यो


"मनपराउँछु तिम्लाई भन्दिम्",सोच्दाखेरी

मन भित्र दौडको दलाल मन पर्यो


पर्खाइको उत्तर आयो भुइचालो बनेर

त्यसबेला त छेउछाउको कोलाहाल मन पर्यो

मायालु सँगको अँधेरी रात भइदियोस

दु:ख पर्दा समाउने हात भइदियोस


निस्पट्ट रातको जूनकिरीले नसुन्ने गरि

रात कटाउने मजाको बात भइदियोस


हिसाब किताब गर्ने छैन त्यो समयको

तन मन धन सबई बर्बात भइदियोस


सबेरै उठेर चिया पिउन जानैपर्ने

त्यै मौकामा भेट्नलाई हाट भइदियोस


मेरो बारेमा कसैले केहि भन्दिएमा

झटपटई उठ्ने उन्को लात भइदियोस

आज बिगतमा गरेको खोट याद आयो

मलाई देख्ना साथ टोकोको ओठ याद आयो


आफू दुखी भइ उन्लाई खुशी बनाउन

बाको पर्शबाट झिकेको नेाट याद आयो


हावा खान जान्छु भनि घरबाट निस्केपछि

लुकिछिपी भेट्ने पिपलको बोट याद आयो


हुन्न अब तिम्रो र मेरो मेल तिम्ले भने पछि

मुटु छियाछिया परेकेा तोड याद आयो


हुने रे नि त फेरी मेल पत्रमा तेस्तै छ

फोटो जलाई तापेको बिछोड याद आयो

१०

मादल बजाउदा कम्मर भाचिदिए पुग्छ

चुड्किला भन्दा तिमी हासिदिए पुग्छ


अरु केही अफर गर्दिन तिमीलाई मैले

मेरै लागी पुरा जिवन बाचिदिए पुग्छ


गल्तीका १/२ पाइला बढिहाले पनि

तिमी मेरो भन्ने लाज राखिदिए पुग्छ


सुख दु:ख मान्छेको समान अवस्था हो

दुखमा तोडिएको मन जोडिदिए पुग्छ


आइदिए पनि असमझदारीकोदिवार विचैमा

मुस्कानले त्यो दिवार तोडिदिए पुग्छ

११

बाटोमा हिड्दा हात थमाउनी भेटिएन

खोई अझइ त हक जमाउनी भेटिएन


सोझा नि मात्तिन्छन् रे प्यार पाएपछि

आफूलाई त प्रीत अमृत पिलाउनी भेटिएन


दुइ मन बराबर एक हुन्छ रे मायाको हिसाबमा

मलाई त यस्तो हिसाब सिकाउनी भेटिएन


पिरतीमा जित्न भन्दा हार्न रमाइले रे

आफूलाई त खेल नै पो खेलाउनी भेटिएन


नभेट्दा नि नदेख्दा नि मलाई एकैछिन

दिलको फोटो सङ्ग कोइ चिच्याउनी भेटिएन

१२

मेरा वोली वोली रे हजुर उन्का चाही वाणी रे

मेरा पाखा पखेरा , उनका राजधानी रे


रामलीला रच्ने वेला रावण झुल्केपछि

मेरा गल्ती दण्ड भए उन्का जानी नजानी रे


जोड घटाउ नाफा नोक्सान सब् जान्नी भएपछि

मेरा भए खै के कुन्नि, उन्का पक्कई रानी रे


केही प्रगति हुन्न भन्नी पत्तो पाएदेखी

मेरा माया रुखो भए, उनी प्रीतको खानी रे

१३

गाजालु ती ठूला ठूला, आँखा झन् पार्दा खेरी

खस्लान है आँशु बरै, माया उता सार्दा खेरी


गालामा लाली छ नाइटो खाली, प्यान्ट लाउदामा

मार्लान है आँखा लाशले नि, झन् तल झार्दा खेरी

१४

तिमी सँगको ती मीठा वात कसरी भुलु म

अमूल्य ती समय अनि साथ कसरी भुलु म


तिमी भुल मुख बोल्दैछ आँखा अर्कै अर्कै

पिरतीको छुट्टै एउटा जात कसरी भुलु म


प्रीत अमृत पोखिएर गला सिङ्गै भिज्दा खेरी

उठेका ती नरम कामुक हात कसरी भुलु म


मस्किएर गफ्फिएर छेउमा सँग सँगै बस्ने बेला

घुडा जुधाउन उठेका ती लात कसरी भुलु म


भोको बघिनी रैछौ तिमी तेइ दिन थाहा पाको

प्यास मेटाउन मन जोडेको रात कसरी भुलु म

१५

बाहिर   जे   देखिन्छ त्यो   हुदो रैन्छ मान्छे

राम्रा जो देखिन्छ मित्र त्यो हुदो रैन्छ मान्छे

मेरो   मनमा   बनेका   सुन्दर   तस्बिरहरु

बयान   गर्न   चित्र   त्यो हुँदो   रैन्छ मान्छे